नीरु न्यौपानेको दशै गीत “धन कमाउन परदेशैमा” ( भिडियो सहित )

काठमाडौँ – नीरु न्यौपानेको पहिलो सांङगितिक कोशेली “धन कमाउन परदेशैमा” बजारमा आएको छ । न्यौपानेको शब्दमा रहेको यो गीत सम्पूर्ण प्रबासी नेपालीहरुको यथार्थ कथा वस्तु बोकेको छ ।

paradesh

यो गीत निक्कै लामो समयको अन्तरालपछि लोकदोहोरीका हस्तीहरु बिमल डागी र बिमा कुमारी दुराको आवाजमा गणेश चौलागाईको लय अनि नीरु न्यौपानेको शब्दमा तयार भएको हो ।

गरिबी र दुखले गर्दा पर्देशिएका र धन पैसाको लागी जती नै गरेपनी दु :खीको दु: खमा कोही नभएको फरक कथा बस्तुबाट गीतको सुरुवात गरिएको छ ।

गीतको म्युजिक भिडियो बजारमा अाइसकेको छ । भिडियोमा देवीन्द्र छेत्री र रेश्मा के सीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई कपिल लामाको निर्देशन र राजेश घिमिरेको छ्याङ्कनमा तयार पारिएको हो ।

हेर्नुस भिडियो