महासचिवमा गीतकार के.सीको व्यापक सम्भावना:यस्ता छन आधारहरु

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठांै महाधिवेशनको सरगर्मी बढिरहेको छ । यसै क्रममा विभिन्न उमेदवारहरुले उमेदवारी घोषणा गर्ने क्रम पनि बढिरहेको छ र सर्जक सुवास के.सीले पनि यस विचमा आफुलाई चुनावी मैदानमा उभ्याएका छन् । प्यूठानको बाहाने बजारमा जन्मिएका यूवा सर्जक जो लामो समय देखी लोक तथा दोहोरी गितका क्षेत्रमा क्रियाशिल छन उनि प्रतिष्ठान प्यूठानको जिल्ला सदस्य, जिल्ला सचिव, जिल्ला अध्यक्ष हुदै सुर्खेत महाधिबेशनबाट अत्यधिक मत प्राप्त गरि केन्द्रिय सदस्यमा विजयी भएका थिए । दर्जनौ गीत संगीतमा कलम चलाएका के.सी. बर्तमान कार्यसमितिमा रहदा प्रतिष्ठानलाई नेपाल सरकारद्धारा प्रकाशित हुने रातो किताबमा सुचिकृत गर्न विशेष पहल गरेका थिए । यूवा उद्यमी के.सी रापती समाज काठमाडौका उपाध्यक्ष ,लायन्स क्लब लगायतका संघ संस्थाहरुमा आवद्ध छन् ।
आसन्न छैठौ महाधिवेशनमा स्पष्ट वक्ता सुबास के.सी.को महासचिव पदका लागि चर्चा भईरहँदा जानकारहरु के.सीको महासचिव पदको विकल्प नरहेको बताउछन ।देश भरिबाट महाधिवेशनमा सहभागि हुने कलाकर्मीहरुले समेत के.सीको विकल्प नदेखिएको बताएका छन् । साथै महासचिवका पदका दावेदार के.सी.ले छिट्टै भब्य समारोहका बिच आफ्नो उमेदबारी घोषणा गर्ने जानकारी दिएका छन ।

यस्ता छन आधारहरु

१ राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा चिरपरिचित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आफ्नै निजि भवन बनाउन पहल गर्न ।
२ यस गरिमामय संस्थाको हालको कलाकार कल्याणकारी अक्षयकोषलाई न्यूनतम एक करोड धनरासीको बनाउन ।
३ सम्पूर्ण दुर दराजमा छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई विभिन्न कार्यक्रम मार्फत समेटि राष्ट्रिय कलाकारिताको मुलधारमा स्थापित गर्न ।
४) वर्तमान समयलाई मध्यनजर गर्दै राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालका विविध कार्यक्रहरुलाई विश्वभरिका लोक तथा दोहोरी गीत पारखी, शुभ चिन्तकहरुसम्म पुर्याउन यस सस्थालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन ।
५) मुलतः दोहोरी गायन विधालाई अझ विकसीत बनाउन (फैलाउन) देशभरि छरिएका विभिन्न संरचानाहरु जस्तै स्कूल, क्याम्पस, विश्वविद्यालय हुदै अञ्चल स्तरका दोहोरी गीत प्रतियोगीता गराउन ।
६)राष्ट्रको गौरव र पहिचानसङग प्रत्यक्ष सरोकार राख्ने लोक संस्कृती र दोहोरी गीतको संरक्षक र सम्बद्र्धन गर्न।
७)सम्पूर्ण लोक तथा दोहोरी गीत गायक ,सर्जक,एबम यससङग सरोकार राख्ने ब्यक्ति ,संघसस्थाको हक र अधिकारका सवालमा आवाज बुलन्द पार्न।
८)देश एबम बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण लोक तथा दोहोरी गीत श्रस्टाहरुबिच समन्वयकारी भुमिका निर्वाह गरि यस क्षेत्रको श्रीबृद्धी गर्न।
(९)लोक तथा दोहोरी गीत क्षेत्रलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन।
१०)नेपाल सरकारको प्रत्यक्ष सहयोग रहनेगरी आबस्यक कोष खडा गर्न।
११)रोयल्टी र पाइरेसी जस्ता गम्भीर सवालहरुमा नेपाल सरकारको यथासीघ्र ध्यानाकर्षण गराइ रोयल्टीको उचित व्यवस्थापन गर्न र पाइरेसी सम्बन्धी कडा कानूनी कामकारबाही गर्न र गराउन ।
१२)लोकदोहोरी प्रतिक्ष्ठानलाइ सबै लोककर्मीेहरुको साझा संस्थाको रुपमा अझ उचाई दिन।
१३)अन्र्तराष्ट्रिय बजारमा नेपाली लोक तथा दोहोरी गीतको प्रचारप्रसार गरि देशको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन।
१४)पारदर्शी एबम जिम्मेवार आर्थिक ,प्रशासनीक र साङ्गठनिक नेतृत्वको अभ्यास गर्न र गराउन ।