तेक्वान्दोक संघका उपाध्यक्षले सञ्चालन गरे अर्जुन फिटनेस सेन्टर

Arjun-Fitness-696x522

असोज ३, काठमाडौं – तेक्वान्दोका पूर्व राष्ट्रिय/अन्तराष्ट्रिय खेलाडी तथा नेपाल तेक्वान्दोक संघका उपाध्यक्ष हरिश्वर पोखरेलले काठमाडौंको नक्साल नारायणचौरमा अर्जुन फिटनेस सेन्टर सञ्चालनमा ल्याएका छन् । तेक्वान्दो, यरोविक, जुम्बा, कराँते, बि–बोइङ सिकाइने उक्त फिटनेस सेन्टर हरेक दिन बिहान ६ बजेदेखी ८ सञ्चालनमा हुन्छ ।

Arjun-Fitness1

अर्जुन फिटनेस सेन्टरले ३ वर्षभित्र करिव ५ देखी १० हजार खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त फिटनेस सेन्टरका सञ्चालक हरिश्वर पोखरेलका अनुसार उचित कसरत नभएको कारण मानिसहरु शारीरिक तथा मानसिक रोगले ग्रसित हुन पुग्छन् त्यस्ता मानिसहरुले राम्रोसँग काम गर्न सक्दैन, त्यस्ता मानिसहरुलाई शारिरिक तथा मानसिक रुपले स्वस्थ राख्न फिटनेस सेन्टर सञ्चालनमा ल्याएको बताए ।

हाल उक्त फिटनेस सेन्टरमा तेक्वान्दो, कराँते, जुम्बा, यरोबिक तथा बि–बोइङका गरि करिव १ सय जनाले ट्रेनिङ लिइरहेका छन् । हाल नक्साल नारायणचौरमा मात्र सिमित रहेको उक्त फिटनेस सेन्टरलाई देशका प्रमुख ठाउँहरुमा शाखाको रुपमा बिस्तार गरिने सञ्चालक पोखरेलले बताए ।