एभर्टनको लगातार चौथो जित

असोज २,काठमाडौं –एभर्टनले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले मिडल्सबर्गलाई ३–१ ले हराउदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो।

लिगमा लगातार चौथो जित दर्ता गर्ने क्रममा एभर्टनका लागि ग्यारेथ बेरी, सेमस कोलम्यान र रोमेलु लुकाकुले एक एक गोल गरे। एभर्टनका मार्टिन स्टेकलेनबर्गले आत्मघाती गोल गरेका थिए।

जितपछि एभर्टनको पाँच खेलबाट १३ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको सीटीको समान खेलबाट १५ अंक छ।