सेल्टिक विरुद्ध बार्सिलोनको ७–० को फराकिलो जीत

भदौ २९, काठमाडौं – युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा शिर्ष क्लवहरु बार्सिलोनाले सेल्टिकलाई हराएको छ ।

स्पेनिस क्लव बार्सिलोनाले स्कटल्याण्डको सेल्टीकलाई ७–० ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले ह्याट्रिक गरे भने लुइस सुवारेजले दुई गोल गरे । यस्तै नेयमार र आन्द्रियास इनिएस्ताले एक एक गोल गरे ।
बार्सिलोनासँगको यो हार सेल्टीकको लागि युरोपियन फुटबलको इतिहासमै सबैभन्दा फराकिलो हार हो ।