‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’

भदौ ८ , काठमाडौँ – सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् ।

सरकारको विशैष दूतका रुपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो सन्देश पठाएको ती नेताको दाबी छ ।
सहुलियतपूर्ण ऋण तथा मूल्य समायोजन नेपाल सरकारले नै बेहोर्ने गरी द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनीलाई सुम्पने निर्णय सुशील कोइराला नेतृत्वको नेपाली कांग्रेसले गरेको छ ।
मंगलबार स्वदेश फर्किएका निधिले पनि विभिन्न परियोजनाबारे भारतीय अधिकारीहरुसँग छलफल भएको विमानस्थलमा प्रतिक्रिया दिएका छन् । आजको कारोबारमा समाचार छ ।