प्रधानमन्त्रीको दूतको हैसियतमा गएकाले भारतले मलाई उच्च सम्मान दियो – उपप्रधानमन्त्री निधि

भदौ ७ , काठमाडौँ – उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारत भ्रमण सफल भएको दावी गर्दै प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा त्यसको परिणाम आउने दाबी गरेका छन ।

भारत भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै निधिले नेपालको विषयमा भारतीय मिडिया, नेता र सरकारले नेपाललाई उच्च प्राथमिकता दिने गरेको तथा नेपालको विकास र समृद्धिका पक्षमा पाएको उल्लेख गरे ।

सरकार ३ बुँदे र ७ बुँदे सहमतिको जगमा बनेको र त्यसैको आधारमा चलेको भन्दै उहाँले नेपालको आन्तरिक राजनीतिको मामिलामा कुनै पनि कुराकानी नभएको दावी गरे । प्रधानमन्त्रीका विशेष दूत बनेर भारत गएका निधिले नेपाल भारत सम्वन्धमा बीचमा तिक्तता देखिएको भएपनि अब सम्वन्ध पुनः सुधार भएको उल्लेख गरे । प्रधानमन्त्रीको दूतको हैसियतमा गएकाले भारतमा आफूलाई उच्च सम्मान दिएको र उच्चस्तरको भेटघाट तथा छलफल सम्भव भएको भन्दै निधिले बताए ।
निधिले भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, कांग्रेस आईका नेता मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराजसँग भेट गरेका थिए ।