नेपालमा लगानी मैत्री वातावरण बन्दै छ : महानिर्देशक न्यौपाने

काठमाडौँ – विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न चाहान्छन् । तर लगानीकर्ताका लागि लगानी गर्न कानुनी जटिलताले गर्दा त्यति आकर्षित भएको देखीदैन् । केहि बर्ष नेपालमा चलेको द्धन्द र त्यसपछिको राजनितिक अस्थिरताले गर्दा लगानीकर्ता लगानी गर्न डराए । २०७२ सालको भुकम्प भन्दा अगाडि लगानी गर्न विदेशी लगानीकर्ताहरु नेपालमा आएर आशाको संचार गराएका थिए तर त्यो पनि भुकम्प पछि सुक्यो । अव नेपालमा संविधान पनि बनिसकेको छ, भुकम्पका पराकम्पन पनि आउन छोडिसकेका छन् । यस्तो अवस्थामा अहिले विदेशी लगानीकर्ता र लगानीको अवस्था कस्तो छ ?, किन विदेशीहरु नेपालमा लगानी गर्न चाँहादैनन् ? लगायतका विषयमा उद्योग मन्त्रालय, उद्योग विभागका महाँनिर्देशक महेश्वर न्यौपानेसंग कुराकानी गरेका छौँ प्रस्तुत छ, सोहि कुराकानीको सम्पादित अंश ।

नेपालमा बैदेशीक लगानीको अवस्था कस्तो छ ?

भुकम्प अघि त नेपालमा विदेशी लगानीकर्ताको चहलपहल राम्रै थियो तर भुकम्प पछि त्यति सन्तोसजनक छैन् । अव विस्तारै पहिलाको अवस्थामा फर्किदै छ ।

भुकम्पको बेला के कारणले लगानी कर्ताहरु डराएका होलान् ?

धेरै जसो ज्यानको जोखिमको कारणले लगानीकर्ताहरु संचालनमा आउन लागेका उद्योगहरु छोडेर गएको पाएका छौ । संञ्चालन गर्न तयारी गरेका उद्योगहरु पनि भुकम्पले गर्दा एक बर्ष ढिलो गरेर संचालनमा आएका पनि छन् । यो सव ज्यानको जोखिमका कारणले गर्दा हो ।

यसरी भुकम्पले गर्दा संचालनमा नआएका र म्याद सकिएका उद्योगहरुलाई विभागले कस्तोखालको सुविधा दिएको छ ?

संचालनको अनुमति लिएर म्याद सकिएका र भुकम्पले गर्दा संचालन हुन नसकेका उद्योगहरुलाई नेपाल सरकारले विदेशी लगानी कर्ताको व्यापारिक भिषा थप्न सिफारिस गरेर सहजिकरण गरेको छ ।

भुकम्प पछि लगानीकर्तालाई प्रोत्साहन गर्नेखालका केहि कार्यक्रमहरु ल्याउनु भएको छ ?

भुकम्प पछि हामी केहि लचिलो भएका छौँ । लगानीकर्ताका व्यावहारिक समस्याहरु हुन्छन् । संचालनमा ल्याउन नसके समय थपिदिने, लगानीकर्ताले भुकम्पको कारण लगानी ल्याउन सकिन अव विस्तारै ल्याउँछु भनेपछि व्यावसायीक भिषा सिफारिस गर्ने लगायतका कामहरुले लगानीकर्तालाई सहज वातावरण दिएका छौँ ।

नेपालमा कुन देशका लगानीकर्ताको लगानी धेरै छ ?

नेपालमा साना उद्योगहरुमा चिनको लगानी धेरै देखीन्छ भने ठुला तथा मझौला उद्योगहरुमा भारतको लगानी धेरै छ । अनुपातमा लगानी धेरै भारतको छ भने उद्योग संख्याको हिसावमा चिन अगाडि छ । त्यस्तै धेरै लगानी गर्ने अर्को देश भनेको हङकङ हो ।

विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न चाहे भने कसरी गर्नसक्छन्, के छ प्रक्रिया ?

पहिलो कुरो त उनीहरुले कुन क्षेत्रमा लगानी गर्नचाहेको हो, त्यो विषयमा स्पष्ट प्रपोजल तयार पार्न पर्यो । त्यसमा आफ्नो देशको स्टाटस सहितको कम्पनि भए कम्पनी प्रोफाइल नभए व्यक्तिगत विवरण सहितको एउटा आवेदन पेस गर्नपर्छ । त्यसपछि हामीले ति कागजजातहरु हेरेर लगानी गर्न दिने नदिने निर्णय गर्छौँ । पहिलो यो प्रक्रिया पुरागर्न लामो समय लाग्थ्यो तर अहिले प्रक्रिया पुर्याएर आएका संस्था वा व्यक्तिलाई एक हप्ता देखी दश दिन भित्र स्विकृति दिन्छौँ ।

उद्योग विभागबाट स्विकृति लिइसकेपछि अरु केहि गर्नपर्छ की ?

स्विकृति लिइसकेपछि कम्पनी दर्ता गर्नपर्छ । त्यसपछि भ्याट अथवा प्यानमा दर्ता भएर फेरी उद्योग दर्ताको लागि उद्योग विभागमा आउनुपर्छ । विदेशी लगानीकर्ताले पहिला उद्योग विभागबाट लगानीको लागि स्विकृति लिनपर्यो, त्यसपछि कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनी दर्ता गरि करमा जानपर्यो अनी फेरी उद्योग विभागमा आएर उद्योग दर्ता गर्नपर्यो । विदेशी लगानीकर्ताले कम्तिमा ५० लाख अनीवार्य लगानी गर्नुपर्ने हुन्छ ।

नेपालमा अहिले कतिओटा अद्योग दर्ता भएर संचालनमा आएका छन् ?

उद्योग विभागको डाटा अनुसार ६ हजार तिन सय भन्दा बढी उद्योगहरु दर्ता भएका छन् । जसमध्य आधा जति उद्योगमा विदेशी लगानीकर्ताको लगानी छ ।

कस्ता प्रकृतिको उद्योगमा विदेशीको जासो हुने गर्दछ ?

ठुला उद्योगहरुमा हाइड्रो र पर्यटनमा धेरै आक्रषण देखीन्छ भने सानामा तथा मझौला उद्योगहरु रेस्टुरेन्ट, एग्रीकल्चर फार्मीङ, म्यनीफ्याक्चरिङ लगायतमा लगानी गर्न आक्रषित भएको पाइन्छ ।

विदेशी लगानीकर्ताहरुलाई उद्योग विभागले के कस्ता सेवा सुविधाहरु उपलव्ध गराउँदै आएको छ ?

विदेशी लगानीकर्तालाई नियमित कानुनी रुपमा दिइने सेवाहरु सबै दिन्छौँ । विदेशी लगानी ल्याए देखी विदेशी लगानी रहदासम्म नेपालमा बस्ने भिषाको लागि सिफारिस गर्छौँ । स्वदेशी तथा विदेशी लगानी कर्ताले संयूक्त रुपमा लगानी गरेका छन् र विचमा केहि विवाध देखीयो भने विवाधको मध्यस्तकताको भुमिका पनि निर्वाह गर्छौँ । कतिपय मुद्याहरु म आफैले मिलाएको छु । विदेशी लगानीकर्तालाई अरु पर्ने समस्याहरुमा हामीले संबन्धीत कार्यालयमा सिफारिस गरिदिने, लेखापढि गरिदिने र भनीदिने लगायतका काममा सहयोग गर्दैआएका छौँ ।

अन्त्यमा

हामीले सुधारका धेरै कार्यक्रमहरु ल्याएका छौँ । अव हामी अनलाईन सिस्टममा जाँदैछौँ । उद्योग विभागका सम्पुर्ण परिपाटीहरु अटोमेशनमा जाँदैछन्, यसले गर्दा उद्योग विभागमा आएर कागज भरिरहन परेन् । विदेशबाटै आवेदन भर्न सकिन्छ ।

छिट्टै डिजिटल हस्ताक्षमा पनि जाँदैछौँ । कम्पनीको आधीकारीक व्यक्तिको हस्ताक्षर संकलन गरेर डिजिटलमा जाँदैछौँ । त्यस्तै अर्को कुरा उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालय विच एमओयू गरेका छौँ, जसले गर्दा हाम्रो संस्थाको डाटा कम्पनी रजिस्ट्रारले हेर्न पाउँछ भने कम्पनी रजिस्ट्रारको डाटा हामीले हेर्न पाउँछौँ । यसले गर्दा फाइल वोकेर डौडिरहन परेन् ।

अर्को कुरा एउटै फारम भरेपछि सबैतिर काम गर्ने खालको कमन फारमको अवधारण पनि अगाडि बढाएका छौँ । अहिले लगानी स्विकृतिको लागि एउटा, कम्पनी दर्ताको लागि अर्को, करमा अर्को फेरी उद्योग विभागमा पनि फारम भर्नपर्ने परिपाटी छ, यसको अन्त्यको लागि कमन फारमको सुरुवात हुँदैछ । यी सबै सेवाहरु आउँदो अगस्ट देखी सुचारु हुनेछन् ।

साभार – www.motivatenews.com