जन्डिस के हो ? कसरी वाच्ने ?

तिन सातादेखि विराटनगरमा फैलिएको हेपटाईटिस अर्थात जण्डिले प्रकोपकै  रुप लिएको छ । खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दुर्षीत
भएपछि त्यस क्षेत्रमा जण्डिसले प्रकोपको रुप लिएको हो । हाल सम्म त्यसकै  कारण ११ जनाले ज्यान गुमाइ सकेका छन् भने हजारौं सर्वसाधारण विरामि परि  रहेका छन् । विरामिहरु भने रुढिवादि परम्परालाई अंगाल्दै उपचारको अलवा   धामि झाक्रिमै अनी आयुर्वेदिक औंषधि प्रणालीमै कुदिरहेका छन्
अहिले पनि हाम्रो समाजमा जन्डिसको उपचार भन्नेबित्तिकै आयुर्वेदलाई   सम्झने गरिन्छ । परम्परादेखि चल्दै आएको आयुर्वेदमा पक्कै पनि धेरै
रोग निको गर्ने क्षमता छ र यसलई अस्वीकार गर्न मिल््दैन । तर, जन्डिस भएपछि     खना बार्ने चलनले रोगलाई अझ बिगार्दै लाने गरेको चिकित्सक  बताउाछन ।
कस्तो रोग हो जन्डीस भनेको ?
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम    मरासिनिका अनुसार सरल भासामा आाखा, छाल र मुखभित्र पहेले हुनुलाई
जन्डिस भनिन्छ । यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र    हो । साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम र १०० एमएलभन्दा    कम  हुन्छ । बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आखा पहेलो  देखिन्छ । बिलिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जन्डिस देखा पर्ने तीन विशेष अवस्था  रहन्छ । रगतको रातो कण अत्यधिक नष्ट भएर धेरै बिलिरुविन निस्की कलेजोले  त्यसलई लिन नसक्नु, कल्ेजोको रोग लगेपछि रगतबाट बिलिरुविन  लिएर   पित्तमा फ्यााक्न नसक्नु र पित्तको नली कुनै कारणले अवरुद्ध भई  पित्त आन्ऽामा जान नसक्नु जन्डीस हो ।

जन्डीसको असर ?
साधारण जन्डिसले नवजात शिशुबाहेक अरूलई त्यति धेरै असर गर्दैन ।
वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन भने २५ भन्दा माथि पुगेमा मिर्गौ लाको  समस्या भएका व्यक्ति मा मिर्गैंला खराब हुनसक्छ । नत्र बिलिरुविनले
आाखा र  छाला पहोलो हुने, पिसाब गाढा हुने, दिसाको रङ हल्का पहोलो हुने र
कहिलेकाहीा माटोजस्तो हुने गर्छ ।

के कारणले लाग्छ जण्डिस ?

धेरैजसो जण्डिसहरु स्वास्थ्यमा देखिने आधारभुत असन्तुलनका कारण    उत्पन्न हुन्छन । जस्तै, लिभरमा देखिने विभिन्न समस्या होस या रक्त
कोषिकामा, जसकारण, बिलिरुबिनले लिभरमा असर पार्दा जण्डिस सुरु हुने   गर्छ ।  प्रदु्षित पानी वा अशुद्ध खानपानका कारण जण्डिस लाग्न सक्छ । त्यस्तै लिभर मा स्टोन भएको अवस्था वा अत्यधीक मादक पदार्थ सेवनका कारण कलेजोले  राम्रोसाग काम नगरेको अवस्थामा पनि जण्डिस लाग्न सक्छ । डाक्टरहरुका  अनुसार रक्तअलपताले पनि जण्डिस लाग्न सक्छ । त्यसर्थ शुद्ध खानपानमा  ध्यान दिने तथा मध्यपानबाट टाढा रहने गरेमा यसबाट बच्न सकिन्छ । रगतमा हेमोग्लोविन नहुने र बिरुबिन बढ्दै जाने हो भने जण्डिसले  मानिसलई चााडै मृत्युको मुखम र्पुयाउने हुादा यो रोगसाग खेलााची नगर्न डाक्टरहरुको सुझाव दिएका छन् ।

जण्डिसको उत्पति र प्रकार ?

आधुनिक अंग्रेजी शब्द जण्डिस फ्रेन्च शब्द जउनिस बाट आएको हो ।  जउन को अर्थ हुन्छ पहेंलो र ईस्स भनेको नेस अर्थात अवस्था । यसरी,  जउनिस भनेको पहेंलोपन वा एललोनेस हो । जण्डिसका सामान्यतया तीन प्रकार हुन्छन् ।
१. हेपाटोसेलुलर जण्डिस लिभरमा देखिने खराबी या चोटपटकका कारण  देखिने जण्डिस ।
२. हेमोलेटिस जण्डिस हेमोलेसिसको कारण देखिने जण्डिस हो यो ।
नयाा रक्तकोषिकाहरुको उत्पादनमा रोकावट आउादा यस्तो समस्या देखिने   गर्छ ।
३. अब्सट्रक्टिव जण्डिस यसखालको जण्डिस लिभरमा देखिने खराबीबाट   सिर्जना हुन्छ । खासगरी बिल पाइपमा उत्पन्न हुने अवरोधका कारण यो
जण्डिस देखिने गर्छ ।
कसरी गर्ने जन्डिसको उपचाररु ?
जन्डिस कुनै रोग नभएर रोगको लक्षणमात्र भएकाले यसको कुनै उपचार
गर्नु  पर्दैन । हेपटाईटिस ई अर्थात जण्डिसको कुनै उपचार छैन् भने यसको
खोप  पनि  नरहेको चिकित्सकहरु बताउछन् ।  हेपटाईटिस ए को भने खोप उपचार  सबै  हुने गरेको छ  । विलिरुविनको मात्रा एक मिलिग्राम हुनु र पााच मिलिग्राम हुनुमा शरीरमा कुनै फरक पर्दैन । कतिपय रोगले जन्डिस गराउने भए पनि त्यस रोगको  अथवा   रोगको कारणको कुनै उपचार गर्नु पर्दैन । जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिन्ड्रोम आदिको उपचार नगर्दा बिरामीको आयु घट्दैन ।  हेपाटाइटिस इ, ए र हेपाटाइटिस बी ले गर्ने एक्युट हेपाटाइटिसमा
कुनै उपचार  गर्न पर्दैन । रगतको विभिन्न जााच गरेर जन्डिसको प्रकार र त्यसको कारण  पत्ता  लगाउन सकिन्छ । अल्ट्रासाउन्ड , भिडियो एक्सरे, गरेर शल्यचिकित्साबाट  उपचार  गर्नुपर्ने जन्डिस छुट्याउन सकिन्छ । कुनै अवस्थामा रोग यकिन गर्न गाह्रो भए कलेजोको टुक्रा निकालेर बायोप्सी जााच गर्नुपर्छ ।
जन्डिस लागेमा के खाने के नखाने ?
डाक्टर बाबुराम मरासिनिका अनुसार नेपालीसमुदायमा जन्डिस भन्नेबित्तिकै    उसिनेको  खानेकुरा, नुन बेसार नभएको, गााजर, कााक्रो, मेवा, ग्लुकोज र उखुको
रस ज्सता यावत फलफुलहरु खने चलन रहेको छ । जन्डिस भएको अवस्थामा
कलेजो र पित्तको नलीका कारण चिल्लो पदार्थको पाचन क्रियामा असर  पर्ने भएकाले चिल्लो कम  खाने गर्नु पर्दछ ।
रोकथाम कसरी गर्ने ?
हरेक पटक खाना खाजा खादा सावन पानीले राम्रो संग हात धुने अनी दिसापिसाव गरिसकेपछि हात धुने गर्नु पर्दछ । जण्डिसबाट बच्न सफा पानीको प्र
योग गर्ने, सानी उमालेको अर्थात पानीमा क्लोरीन हालेको हुनुपर्दछ ।   त्यस्तो पानी खाएको खण्डमा रोगले समाउन सक्दैन् । अर्को तरीका फिल्टर गरेको पानीबाट पनि हेपटाईटिस ई भाइरस छिर्न सक्छ त्यसैले पानी  उमालेर खानुपर्छ भन्नुहुन्छ ईपिडिमियोलोजि तथा रोग नियन्त्रण  महाशाखाका  निर्देशक डाक्टर बाबुराम मरासिनि । खाना तताएको स्वच्छ वातावरणमा राखेको  खाने  पौष्टीक युत्त खाना खाने तथा कावोहाईटेड युक्त खाने गर्नु पर्दछ ।
फलफुल खादापनि सफा वातावरणमा रहेता पनि तातो आयोडिन युत्त  पानीले पखालेर खाने ।
चुनौति ?
असुरक्षीत पानी जहाजहाा पाइपबाट बगिरहेको छ त्यो क्षेत्र जोखिमयुक्त क्षेत्र  हो । हिमाल पहाड तराई जहा भएपनि यस्तो अवस्थामा जोखिम रहेको हुन्छ ।
विराटनगर संगै यतिवेला काठमाण्डौं बढि जोखिममा रहेको चिकित्सकहरु   बताउछन् । पानी वित्ण गर्दा ट्याङकी मा क्लोरीन हाल्नुपर्ने हो तर  त्यसो हुन सकिरहेको छैन् । यस्तो विधि नअपनाएको ठाउमा समस्या देखिने गरेको छ ।   १ देखि २ प्रतिशत मानीसमा यो रोग निकै जटिल गरी देखिने गरेको छ । धेरै
रक्सी खाने र कलेजोमा समस्याभएका हरुको योरोगबाट मृत्यु समेत हुनेगरेको पाईएको मरासिनिको भनाई रहेको छ । गर्भवति महिलाहरु पनि यसको सिकार बन्ने  गरेका छन् ।